गण्डकीमा ३३ जना कोरोना संक्रमणमुक्त

९ मंसिर, गण्डकी। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस अवधिमा दुई जनाको मृत्यु भएको छ भने १० जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका–२९ का ८६ वर्षीय महिला र पोखराकै वडा नं ३० का ५१ वर्षीय पुरुष छन् । यीसँगै प्रदेशमा हालसम्म कोरोना संक्रमण भई मृत्यु हुनेको सङ्ख्या एक जार ४१५ पुगेको छ ।

प्रदेशमा सक्रिय संक्रमितको सङ्ख्या १७५ जना छन् भने होम आइसोलेशनमा १४९ जना रहेको निर्देशनालयले जनाएको छ ।