ओखलढुंगामा दर्शनार्थी बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, १४ घाइते

२९ कार्तिक, ओखलढुंगा। चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेकाे बोलेरो जीप सोमबार दुर्घटना हुँदा तीन जनको मत्यु भएको छ। १४ जना घाइते भएका छन्।

सुनकोशी गाउँपालिका-८ च्यानम हुँदै ककनीतर्फ जाँदै गरेकाे प्रदेश३-०१-०२२ च ९६९४ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका-९ को जौबारी नजिकैको कुसाङमाभ सडकबाट करीब ६ सय मिटर तल खसेको थियाे।

दुर्घटनामा परी घाइते भएकाको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए। गम्भीर घाइतेलाई काठमाडाैं लैजान हेलिकाेप्टर झिकाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ।

[sidebar name="button post"]