गुर्जामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

१९ कार्तिक, बेनी। म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कोरियन नागरिक जङयोङ चोल र लिङ जङ्भीको आर्थिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो ।

शिविरको समन्वय गुर्जामा जन्मिएर पोखराको चरक अस्पतालमा कार्यरत डा लोकेन्द्र छन्त्यालले गर्नुभएको हो । वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार शिविरमा स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । गुर्जा स्वास्थ्यचौकीका अनमी चोलमाया छन्त्यालले समेत सो कार्यमा सहयोग गर्नुभएको थियो ।

विगत वर्षमा नेपाल भ्रमणमा आउँदा गुर्जाको शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदा आएका कोरियन नागरिकले यस वर्ष स्वास्थ्य शिविर आयोजना गरेका हुन् । रोजगारको सिलसिलामा कोरियामा बसेर फर्कनुभएका स्थानीय हिराबहादुर छन्त्याल र रेशम छन्त्यालको सक्रियतामा शिविर सम्पन्न भएको हो ।