मुस्लिम समुदायलाई भोलि मंगलबार सार्वजनिक बिदा

१ कार्तिक, काठमाण्डौ। मुस्लिम समुदायलाई भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् । सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।