बारेकोटमा चट्याङ लागेर एक जनाको मृत्यु

२६ भदौ, जाजरकोट। जिल्लाको बारेकोट गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

शनिबार बेलुकी पाँच बजे परेको चट्याङले बारेकोट गाउँपालिका–१ रामीडाँडाकी १६ वर्षीया सम्झना गिरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार बेलुकी अन्दाजी ५ बजेतिर गोठालो गएको बेला रामीडाँडा चौरमा चट्याङ लागेर उनको मृत्यु भएको हो ।

[sidebar name="button post"]