प्रदेश नं १ मा ४८४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

११ भदौ, विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४८४ मा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ६९ को पीसीआर परीक्षण गर्दा २९७ र ९४५ को एन्टिजेन परीक्षण गर्दा १८७ मा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार मोरङमा १२३ मध्ये विराटनगरमा ६३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा नौ, इलाममा छ, पाँचथरमा दुई, खोटाङ, उदयपुर र सङ्खुवासभामा एक एक र प्रदेश बाहिर तीन जनामा संक्रमण देखिएको हो ।

प्रदेशमा आजै ४९१ कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२६ महिला र २६५ पुरुष छन् । पछिल्लो २४ घण्टामा दुई महिलासहित छ जनाको सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।