गण्डकी प्रदेशमा २६९ जना कोरोना संक्रमित

७ भदौ, गण्डकी। गण्डकी प्रदेशमा २६९ कोरोना सङक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशमा चार सङ्क्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २४३ जना पुगेको छ । मृत्यु हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका-३ का ६८ वर्षीय पुरुष छन् भने कास्कीका तीन जनामध्ये पोखरा महानगरपालिका-१० की १०२ वर्षीय महिला, वडा नं १५ की ३५ वर्षीय महिला र वडा नं २६ का ८२ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

निर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ६५४ सङ्क्रमित निको भएका छन् । प्रदेशमा चार हजार २१० होम आइसोलेशनमा छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५७८ पुगेको निर्देशनालयले जनाएको छ ।