सप्तरीमा एकजना किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका अभियुक्त कारागार चलान

सप्तरीमा एकजना किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले कारागार चलान गरेको छ ।

कारागार चलान हुनेमा सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २५ वर्षीय छोटु भनिने देवनारायण मण्डल रहेका छन् । १९ वर्षीया किशोरीलाई सामूहिक बलात्कारको आरोपमा मण्डल पक्राउ परेका थिए ।

जिल्ला अदालतले वेदप्रकाशलाई गत पुस १२ गते सात वर्ष कैद सजायको फैसला गरेको थियो । अन्य आरोपितमध्ये रुपनी गाउँपालका–६ वीरेन्द्र बजारका ३७ वर्षीय दिलिपकुमार खंग, २० वर्षीय पुकपुक भनिने सुमित मण्डल, २० वर्षीय विद्यानन्द सरदार, २८ वर्षीय आनन्द सरदार र २८ वर्षीय ओमप्रकाश मण्डल हालसम्म पक्राउ परेका छैनन् ।

रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च माविमा ०७६ जेठ ४ गते साँझ कञ्चनरुप नगरपालिका–११ ठेलियाका साथीले बोलाएर गएकी पीडितलाई उनीहरुले सामूहिक बलात्कार गरेको पीडितले बताएका छन् ।

कक्षा ११ को परीक्षा दिन आफन्तको घर आएकी पीडितसँग कुराकानी गरिरहेका साथीलाई आरोपितहरुले कुटपिट गरी बलात्कार गरेको उनीहरुको भनाइ छ ।

आरोपित सात जनामध्ये फरार रहेका पाँच जनाको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

[sidebar name="button post"]