जुम्लाको टुङ्टुङ लेकको पहिरामा परी चार जना बेपत्ता

३ असार, सिञ्जा । जुम्लाको पातारासी गाउँपालिका लेखिढुङ्गा टुङ्टुङ लेकमा पहिरोमा परी चार जना बेपत्ता भएका छन । सो क्षेत्रमा फोन सम्पर्क हुन सकेको छैन ।

पहिरोमा घाइते भएका मध्ये सुकबहादुर नेपाली र तारा नेपालीको स्वास्थावस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा परी घाइते भएका अन्य दुई जनाको पहिचान हुन सकेको छैन ।

उनीहरु जडिबुटी खोज्न पाटन गएका बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराज चौलागाइँले “ मौसममा सुधार हुने बित्तिकै हवाई बेपत्ताको खोजी शुरु हुन्छ । ”

[sidebar name="button post"]