पहिरामा च्यापिएर एकको मृत्यु, दुई बालिका घाइते

२ असार, डोटी। विगत केही दिनदेखि लगातार परेको वर्षातका कारण पहिरो खस्दा डोटीमा आज बिहान एक वृद्धको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन् ।

मृत्यु हुनेमा केआइसिंह गाउँपालिका–३ बासुदेबी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बम रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दानबहादुर मल्लले बताउनुभयो ।

गाउँको खानेपानी अवरुद्ध भएपछि मुहानमा पानी लिन गएकाबेला खिरणा खोलाको पहिरामा च्यापिएर उनको मृत्यु भएको स्थानीयवासी खगेन्द्र बडैलाले बताउनुभयो । उहाँका अनुसार खानेपानीको मुहान सफा गर्न गएका सो गाउँपालिका झिगावस्तीका १३ वर्षीया पुनी कुँवर र १६ वर्षीया पुजा कुँवर पहिरामा च्यापिएर घाइते भएका छन् । पुनीको हात भाँचिएको छ भने पुजाको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । घाइते दुवै जनालाई उपचारका लागि दिपायल ल्याउने तयारी भइरहेको छ ।

[sidebar name="button post"]