चार लाख ९० हजार मूल्य बराबरको अवैध मदिरा बरामद

२४ जेष्ठ, विराटनगर। जिल्ला प्रहरी कार्यालय मोरङले आज रु.चार लाख ९० हजार मूल्य बराबरको अवैध मदिरा बरामद गरी मूल भन्सार कार्यालय विराटनगर चलान गरेको छ ।

मोरङको जहदा गाउँपालिका वडा नं १ बुधनगरबाट दुई वटा मोटरसाइकलमा वेवारिशे अवस्थामा प्रहरीले सो मदिरा फेला पारेको हो ।

प्रहरी प्रवक्ता मानबहादुर राईका अनुसार दिलवाले लेखिएको ३०९ कार्टुन, उमङ्ग लेखिएकोे २७७ कार्टुन र अन्य ब्राण्डको खुल्ला मदिरा एक हजार ९०० बोतल बरामद गरी आवश्यक अनुसन्धान शुरु गरेको बताउनुभयो ।