बहराइनका राजकुमार विषेश जहाजबाट भोलि बहराइन फर्किंदै

१७ जेष्ठ, काठमाण्डौ। बहराइनका राजकुमारलाई लिन विशेष जहाज काठमाडौं आउने भएको छ। सगरमाथा आरोहणका लागि नेपाल आएका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको टोलीलाई लिन विशेष जहाज आज बेलुकी साढे पाँच बजे काठमाण्डौ आउने तालिका रहेको छ

गत चैत २ गते राजकुमार खलिफासहितको टोली नेपाल आएको थियो। बैशाख २८ गते सगरमाथाको आरोहण गरेको उक्त टोली मंगलबार मात्र बहराइन फर्किने कार्यक्रम रहेको छ।

सगरमाथाको उचाँइ बढेपछि अन्तराष्ट्रिय आरोहीको पहिलो आरोहणका रुपमा उक्त टोली चुचुरोमा पुगेको थियो। अहिले सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ दशमलब ८६ मिटर रहेको छ।

[sidebar name="button post"]