पाल्पामा जेष्ठ २४ गतेसम्म निषेधाज्ञा थपियो

१४ जेष्ठ, तानसेन। पाल्पामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयावधि थप गरेको छ । कोरोना सङक्रमणको जोखिम कायमै रहेको जनाउँदै यही जेष्ठ २४ गते राति १२ बजेसम्मकाका लागि निषेधाज्ञा लम्ब्याइएको हो । कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णय अनुसार प्रशासनले यसअघि जेष्ठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले कोरोना नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै निषेधाज्ञा थप गरिएको जानकारी दिनुभयो । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न अर्थ मन्त्रालयबाट रु १ करोड ५० लाख निकासा भएकाले लुम्बिनी प्रदेश सरकारबाट आइसियू र भेन्टिलेटर खरिद गर्न रु ३ करोड प्राप्त भएको जिल्ला समन्वय समितिका कार्यवहाक संयोजक मिरा मरासिनीले जानकारी दिनुभयो ।

आजसम्म जिल्लामा ११ हजार ७७ जनाको कोरोना परीक्षण गरिएकामा तीन हजार चार सय ३५ जना सक्रिय सङ्क्रमित छन् । दुई हजार २९ जना निको भएका छन् । अहिलेसम्म जिल्लामा ४५ जनाको क सङक्रमणकाबाट ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।