रोल्पामा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु

३१ वैशाख, रोल्पा। रोल्पामा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । माडी गाउपालिका ५ भावाङ मजबाङ निवासीे ४३ वर्षीय पुरुषको मृत्यु भएको हो । रोल्पा अस्पतालको कोभिड आइसोलेशनमा उपचार क्रममा मृत्यु भएको.रोल्पा अस्पतालका मेडिकल अधिकृत डा आधार वलीले बताउनुभयो ।

ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या भएपछि उनी वैशाख २६ गते अस्पताल भर्ना भएका थिए । त्यसैगरी सुनिल स्मृति गाउपालिका –ं ४ धनचौर निवासी ५५ वर्षीय अर्का पुरुषको पनि आज मृत्यु भएको छ ।

रोल्पामा कोरोना सङ्क्रमणबाट अहिलेसम्म चार जनाको मृत्यु भैसकेको छ । हालसम्म रोल्पामा १८ जना निको भएर घर फर्किसकेका छन् भने ३७७ जना सङ्क्रमित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

[sidebar name="button post"]