Ad #144479

२२ वैशाख, बाँके । बाँकेमा एकैदिन २ सय ९३ जना कोरोनामुक्त भएका छन् । संक्रमण पुष्टि भएका मध्ये बुधबार एकैदिन २९३ जना संक्रमित निको भएका हुन् ।बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार १२३ जना महिला र १७० जना पुरुष गरी कुल २९३ जना संक्रमित निको भएका छन् ।

निको हुनेमा ७६ वर्षीय वृद्ध समेत रहेका छन् । संक्रमण पुष्टि भएको १० दिन पुगेपछि संक्रमितलाई पीसीआर परीक्षण नगरी डिस्चार्ज हुने गर्ने गरेका छन् । डिस्चार्ज हुनेमा होमआइसोलेसनमा बसेका र अस्पतालमा उपचाररत दुवै छन् ।

यसअघि मंगलबार मात्रै बाँकेमा ३४२ जना संक्रमित निको भएका थिए ।