छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

१२ वैशाख, चन्द्रौटा। कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ ।

जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाका छोरा अभिषेक विक आफ्नै घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

बुटवलको चौराहा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको भण्डारीले बताउनुभयो । शवपरीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

[sidebar name="button post"]