Ad #144479

५ वैशाख, विराटनगर। पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा ३३४ को पिसीआर परीक्षण गरिएको थियो ।

थपिएका सङ्क्रमितमा मोरङमा २९ मध्ये विराटनगरमा १२ महिलासहित २७, सुनसरीमा ६, झापामा एक र प्रदेश बाहिरका सात जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा हालसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ६४७ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या २६६ रहेको मन्त्रालयले जनाएको छ ।