३ वैशाख, बाँके। बाँकेको नेपालगन्जस्थित भेरी अस्पताल गएको २४ घण्टामा १८३ वटा नमुनाको कोरोना परीक्षण गर्दा १२७ जना कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको सामाजिक सञ्जाल फेसबुक पेजमा राखिएको सूचनामा पोजिटिभिटी रेट ६९.४ प्रतिशत रहेको बताइएको छ ।
कोरोनाको महामारी सुरु भएयता अस्पतालमा एकदिनमै यति धेरै संक्रमित भेटिएको पहिलोपटक भएको समेत बताएको छ । यसले कोभिड-१९ संक्रमण समुदायस्तरमा व्यापक रुपमा फैलिसकेको इंगित अस्पतालले गरेको छ ।
भेरी अस्पतालले आफ्नो श्रोत साधनले भ्याएसम्म बिरामीको उपचारमा प्रतिबद्ध भएर लागेको जनाएको छ । तर यहि क्रममा संक्रमण फैलिने हो र गहन खालका बिरामीहरूको संख्या बढ्ने हो भने बिरामीको चाप थेग्न मुश्किल हुने निश्चित छ ।












