दुल्लु नगरपालिकामा नेकपाको कोण सभा सम्पन्न

जिबन बि.क.

१८ चैत्र, दैलेख। नेपाल कम्युनिस्ट पार्टी दैलेखले आज दुल्लु नगरपालिकामा काेणसभा कार्यक्रम सम्पन्न गरेकाे छ।

काेणसभालाई सम्वाेधन गर्दै जिल्ला ईन्चार्ज दिपेन्द्रले दलाल संसदीय व्यवस्थाबाट देशकाे स्वाधिनताको रक्षा ,जनताकाे मुक्ति हुन नसक्ने भएकाले वैज्ञानिक समाजबादी व्यवस्था आवश्यक भएकाे कुरा उल्लेख गर्नु भयाे।

संसदीय व्यवस्थाकाे विकल्प दिन आफ्नाे पार्टी तयार भएकाे संसदीय व्यवस्था स्वीकार गर्न नसकिने कुरा स्पस्ठ पार्नु भयाे।काेणसभालाई जिल्ला सेक्रेटरी कमरेड दीप लामाले पनि सम्बोधन गर्नु भएकाे थियाे।

कमरेड प्रकाशले सँञ्चालन गरेकाे कार्यक्रममा ज्वाला सहिद स्मृति साँस्कृतिक परिवारले जनबादी गीत तथा नृत्य प्रस्तुत गरेकाे थियाे।

[sidebar name="button post"]