जिबन बि.क.
१६ चैत्र,दैलेख। दैलेखको ठाटिकान्ध गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी विप्लव दलाल संसदिय व्यवस्था खारेज गरेर वैज्ञानिक समाजबाद ल्याउनका लागि ठाटिकान्ध गाउँबासी सम्पुर्ण जन समुदायको उपस्थितिमा ठाटिकान्ध गाउँपालिकामा जनसभा सम्पन्न गरेको छ।
जनसभालाई सम्वाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला ईन्चार्ज दिपेन्द्रले दलाल व्यवस्थाका कारण अहिलेकाे राजनीतिक शंकट देखिकाले यसकाे समाधानकाे विकल्प वैज्ञानिक समाजबादी व्यवस्था भएकाे कुरा उल्लेख गर्नुभयाे।शान्ति ,स्थिरता ,समृद्धिका लागि पार्टी जनमत सँग्रहमा जान तयार भएकाे र नेपाली जनताले दल र व्यक्ति लाई पटकपटक जिताएर धाेका भएकाले अब दल र व्यक्तिलाई राेज्ने निर्वाचन हाेईन व्यवस्था राेज्ने निर्वाचन हुनुपर्ने कुरामा जाेड दिनु भयाे।
कार्यक्रममा जिल्ला सेक्रेटरी दीप लामा,अखिल (क्रान्तिकारी ) केन्द्रीय सदस्य प्रकाश ,अखिल (क्रान्तिकारी ) दैलेखका अध्यक्ष कमरेड सुदर्शन ,अखिल नेपाल महिला सँघ(क्रान्तिकारी)दैलेखका अध्यक्ष कमरेड उषा ,वुदीजीवी सँगठनका सँयाेजक कमरेड क्षितिज,दलित मुक्तिमोर्चा नेपाल दैलेखका सचिव कमरेड सन्दीप र नेकपा नेता क्रान्तिकाे उपस्थिति थियाे।कमरेड शंकेतकाे अध्यक्षतामा र कमरेड शरदकाे संचालनमा भएकाे कार्यक्रममा ज्वाला सांस्कृतिक परिवारले जनबादी गीत तथा नृत्य प्रस्तुत गरेकाे थियाे।










