देशमा शान्ति र समृद्धि ल्याउन वैज्ञानिक सामाजबाद आवश्यक भन्ने बिषयमा कोण सभा कार्यक्रम सम्पन्न

जिबन बि.क.

१६ चैत्र, दैलेख। नेपाल कम्युनिष्ट पार्टी दैलेखले आठिवस नगरपालिकाका विभिन्न ठाउँमामा लगातार वडा नं ४ को राकम कर्णाली र वडा नं ९ मा बुधबारदेखि कार्यक्रम संचालन गरेको छ।

हिजो आइतबार वडा नं ८ काे तिलेपाटामा पनि दलाल संसदले गर्दा देश विदेशीको गुलाम बनेको र शान्ति र समृदि सम्भव नभएकाले वैज्ञानिक समाजबाद आवश्यक भएको छ भन्ने बिषयमा कोण सभा कार्यक्रम सम्पन्न भएको थियो।

काेण सभालाई सम्वाेधन गर्दै जिल्ला ईन्चार्ज दिपेन्द्रले दलाल संसदीय व्यवस्थाबाट देशमा शान्ति ,स्थिरता ,समृद्धि हुन नसक्ने भएकाले बैज्ञानिक समाजबादी व्यवस्थाका लागि जनमत संग्रहमा जानुपर्ने कुरा बताउनु भयाे छ ।

कार्यक्रममा जिल्ला सेक्रेटरी दीप लामा,अखिल (क्रान्तिकारी ) दैलेखका अध्यक्ष सुदर्शन,अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) दैलेखका अध्यक्ष कमरेड उषा,दलित मुक्तिमोर्चा दैलेखका सचिव कमरेड सन्दीप,बुद्धिजीवी संगठनका संयाेजक कमरेड क्षितिज र पार्टी नेता कमरेड क्रान्तिकाे उपस्थिति रहेकाे थियाे।

कमरेड लाेग राज कार्कीले सँञ्चालन गरेको कार्यक्रममा ज्वाला सांस्कृतिक परिवारले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेकोे थियाे।

[sidebar name="button post"]