मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

१० चैत्र, राजविराज। पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको पोर्ताह (गिदखोरा) मा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५ पिपरापूर्व बस्ने अन्दाजी २० वर्षीय देवकुमार चौधरी रहेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

भारदहबाट कञ्चनपुरतर्फ जाँदै गरेको को ३३ प ७७१६ नम्बरको मोटरसाइकल राजमार्गको सडकमा आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको थियो ।

[sidebar name="button post"]