Ad #144479

१० चैत्र, दाङ। दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।तुलसीपुरको सरैयाडाडाँको चोकमा मंगलबार बिहान स्कुल बस दुर्घटना हुँदा पब्लिक ज्ञान ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको हो।

१८ वर्षाया सम्झना केसीको सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पुष्टि इलाका प्रहरी कार्यालय तुलसीपुरले गरेको छ ।

ब्रेक फेल भएर बस पल्टिएको हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ । बसमा सवार सबैजसो विद्यार्थी घाइते छन्।