Ad #144479

शसिन्द्र गौतम

पूर्वपश्चिम राजमार्ग अन्र्तगत दाउन्ने सडकखण्ड मर्मतसंभार हुन नसक्दा यात्रुले सास्ति भोग्नु परेको छ। घाम लागे धुलो, पानी परे हिलो । दाउन्ने सडकको धुलो र हिलोका कारण सडक यात्रा गर्ने सबैले सास्ती भोग्दै आएका छन् ।

धुलोले यात्रुदेखि स्थानीय सर्वसाधारण दिनहुँ सास्तीमा छन् । दिउँसै गाडीको बत्ती बाल्दा पनि बाटो देखिँदैन।

धुलोले गर्दा सडक राम्रोसंग नदेखिंदा दिनहुँ दुर्घटना हुने गरेको छ। बाइकमा यात्रा गर्दा त् झन् सास नै फेर्न सकिंदैन।

 सडक धुलाम्य हुँदा सो खण्ड भएर यात्रा गर्ने हजारौं यात्रुहरुले निकै सास्ती खेप्न बाध्य छन् ।