Ad #144479

शसिन्द्र गौतम

बर्दिया । आँशु र खुशीको मिलनसँग जोडिएको किंवदन्ती रहेको बर्दियाको सतखलुवा होमस्टे चम्किन थालेको छ । लकडाउनपछि लगभग थला परेको होमस्टे पछिल्लो समय पर्यटकको आगमन बढेसँगै सतखलुवा होमस्टे पनि चम्किन थालेको हो ।

बारबर्दिया नगरपालिकामा रहेको सतखलुवा होमस्टे सतखोला तालसँग जोडिएको होमस्टे हो । दर्जन बढी होमस्टे रहेको सो क्षेत्रमा झण्डै आठ वटा नियमित रुपमा सञ्चालन भइरहेका छन् ।

थारु समुुदायले सञ्चालन गरेका होमस्टेमा दैनिक पर्यटक आउन थालेका सतखलुवा होमस्टे सञ्चालक समितिका अध्यक्ष सुरेश आचार्यले जानकारी दिए ।

उनका अनुसार सतखोला ताल हेर्न आउने र तालमा डुंगा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटक यो होमस्टेका मुख्य ग्राहक हुन् ।

महेन्द्र राजमार्गबाट कतरनियादेखि झण्डै पाँच किलोमीटर दायाँको बाटो हिडे सोतखेला पुगिन्छ । जहाँबाट सतखोला तालमा डुंगा चढ्दै यात्रा गर्न सकिन्छ ।