२४ फागुन, जुम्ला। जुम्लामा आज बिहानदेखि हिमपात भएको छ । जुम्लाका माथीको भेगमा बाक्लो हिमपात भएको हो । बिहानैदेखि परेको हिउँले डाडाँकाँडा सबै सेताम्मे बनाएको छ ।

पुस महिनापछि जुम्लामा ठूलो हिमपात भएको स्थानीयको भनाइ छ । जुम्ला भुलभुलेकी होटल व्यवसायी लक्ष्मी भण्डारीले महिनौपछि हिमपात भएको बताइन् ।


हिमपात भएपछि रारा हिडेका आन्तरिक पर्यटक भुलभुले मै रोकिएका छन् ।पत्रकार शसिन्द्र गौतमले हिमपातले गर्दा बीच बाटोमै रोकिएको बताए । काठमाण्डौदेखि मोटरसाइकलमा रारा हिंडेका पत्रकारको टोली हिमपातले गर्दा भुलभुलेमै रोकिएको उनले बताए । रारा जाने टोलीमा पत्रकार विष्णु विश्वकर्मा, प्रल्हाद अधिकारी र लोकेन्द्र विश्वकर्मा छन् ।


हिमपातले जनजीवन कष्टकर भएपनि किसान भने खुसी छन् । बाक्लो हिमपात नहुँदा किसानलाई खेती किसानी गर्न समस्या हुने गरेको छ । हिउँ परेपछि अधिकांशमा खुसियाली छाएपनि यसबाट बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका छन्।











तस्बिर : प्रल्हाद अधिकारी / कागेश्वरी खबर












