१८ फागुन, काठमाण्डौ। नेपाली कांग्रेसले झापास्थित प्रस्तावित बिएण्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाण्डौ विश्वविद्यालय सभाको निर्णयमा सरकारले हस्तक्षेप गरेको भनि आपत्ति जनाएको छ ।
कांग्रेस केन्द्रीय शिक्षा विभागले आज विज्ञप्तिमार्फत सरकार आफैंले बनाएका ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत हस्तक्षेप भएको आरोप लगाएको छ ।
प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनैतिक दबाब सिर्जना नगर्न विभागका सचिव डा कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सरकारलाई सचेत गराइएको छ ।












