टुकीका भरमा जीवनयापन गर्दै आएका पाचोक गाउँमा बिजुली पुग्यो

१३ फागुन, लमजुङ। दोर्दी गाउँपालिका–५ पाचोक गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । टुकी तथा सोलारको भरमा जीवनयापन गर्दै आएका सो वडामा सिम्ररुङ, फुम्चे र कैचे गाउँमा नेपाल विद्युत् प्राविधिकरणले आज पहिलो पटक बिजुली पु¥याएको हो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले कन्द्रीय प्रसारण लाइनको शुभारम्भ गर्दै प्रदेशका सबै नागरिकको घरमा बिजुली पु¥याउँने जानकारी दिनुभयो ।

उहाँले गाउँमा ‘एक घर एक धारा’ छिट्टै निर्माण गर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेशसभा सदस्य धनञ्जय दवाडी, पूर्व संविधानसभा सदस्य जमिन्द्रमान घले, गाउँपालिका अध्यक्ष ओमलाल गुरुङ, वडाध्यक्ष फत्तबहादुर गुरुङ, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङ र स्थानीय अगुवा शेरबहादुर तामाङले पूर्वाधार विकासमा जोड दिनुभएको थियो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा प्राविधिकरणले केन्द्रीय प्रसारण लाइन पु¥याएको थियो । यहाँका ६५ घरमा बिजुली बलेको छ । यस अघि टुकी र सोलारको भरमा बस्नुपर्दा दुःख बिमार हुँदा तथा बालबालिकाको पठनपाठनमा समस्या हुनेदेखि मोबाइल चार्जिङ गर्नलाईसमेत समस्या हुँदै आए पनि अब भने यस्ता समस्याको समाधान भएको वडाध्यक्ष गुरुङको भनाइ छ । गाउँमा पहिलो पटक बिजुली पुग्दा स्थानीयवासी हर्षित भएका छन् ।

[sidebar name="button post"]