४ फागुन, कास्की । कास्की प्रहरीले तास खेलिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ । जिल्लाको पोखरा महानगरपालिका-३ नदिपुरस्थित दिलमाँया दाहालको घरमा तास खेलिरहेको अवस्थामा भारत घर भई हाल बागलुङ गुठी बस्ने ४५ वर्षीय हदेश अन्सारी सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई ६ बुक तास र नगद ५८ हजार ५ सय २५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
[sidebar name="button post"]









