महाकाली नदीको बीच भागमा फसेका मलामीको उद्धार

२७ माघ, कञ्चनपुर ।  भीमदत्त नगरपालिका–१२ भुजेलघाटस्थित महाकाली नदीमा फसेका १६ मलामीको आज उद्धार गरिएको छ । भारतको उत्तराखण्ड राज्यको टनकपुरस्थित एनएचपिसीद्वारा सञ्चालित विद्य्त् गृह सफा गर्न महाकाली नदीमा पानी छाडेपछि पानीको बहाव उच्च भई मलामी नदीको बीच भागमा रहेको टापुमा फसेका थिए ।

नदीको बीच भागमा मलामी फसेको खबर पाइएपछि विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले मलामीको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो । भारतले बिना पूर्वसूचना विद्य्त् गृहको पानी छाडेको बताइएको छ ।