जन सांस्कृतिक महासंघको सिन्धुली जिल्ला तदर्थ समिती गठन

 २४ माघ, काठमाण्डौ । सिन्धुली जिल्लाका सांस्कृतिक कर्मिहरुको भेलाले जन सांस्कृतिक महासंघ सिन्धुली जिल्ला तदर्थ समिती क. हरिकृष्ण श्रेष्ठको सम्योजकत्वमा ५१ सदस्य गठन गरिएको छ भने ५ सदस्य सचिवालय समेत गठन गरिएको छ ।

संयोजक,सह संयोजक,सचिब,सह सचिब र कोषाध्यक्ष क्रमश हरिकृष्ण श्रेष्ठ,वीर बहादुर दुलाल,प्रशान्त सिन्धुलीय,समीर राई र बिजय लामा रहेको सचिवालयले अबिलम्भ बैठक बसि कार्य बिभाजन गरि आगामी दुई महिना भित्रमा जिल्ला अधिबेशन गराउने समेत निर्णय गरेको छ ।

भेलाको अध्यक्षता जन सांस्कृतिक महासंघ बागमती प्रदेश इन्चार्ज तथा नेकपाका केन्द्रिय सदस्य क. प्रेमनाथ अधिकारीले गर्नु भएको थियो भने भेलामा महासंघका प्रदेश कमिटी सदस्य तथा सिन्धुली जिल्ला जिम्मेवार क. नारायण जर्गा र क. बिश्वमणि घिमिरेको उपस्थितिमा सम्पन्न भएको थियो ।