२४ माघ, दाङ । जिल्लामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
दाङ प्रहरी दिएको जानकारी अनुसार मोटरसाइकलमा तीनमध्ये दुई जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दंगिशरण गाउँपालिका वडा नं। ३ हेकुलीका २५ वर्षीय विवेक थापा र वडा नं. ४ बैबाङका २६ वर्षीय दिनेश खड्काको मृत्यु भएको हो। उनीहरु दुबै जनाको शुक्रबार राति उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। थापाले मोटरसाइकल चलाएका थिए भने खड्का पछाडि सवार थिए।
प्रहरीका अनुसार दुर्घटनामा परी सोही मोटरसाइकलमा सवार दंगिशरण-३ रातवगाउँका २४ वर्षीय आकाश कँडेल घाइते भएका छन्। उनको पनि कोहलपुरमा उपचार भइरहेको छ। दुर्घटना शुक्रबार बेलुका सवा ८ बजेतिरको हो ।
तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा१त ३४४१ नम्बरको ट्रयाक्टरले पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ६प १४३४ नम्बरको मोटरसाइकललाई दंगिशरण-५ लौबस्ता भन्ने ठाउँमा ठक्कर दिएको थियो। तीब्र गतिका कारण उक्त दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।












