कोरोनाले इरानका पूर्व फुटबलर अन्सारियनको मृत्यु

२२ माघ, एजेन्सी । कोरोना भाइरसको संक्रमणको कारण इरानका पूर्व फुटबलर अली अन्सारियनको मृत्यु भएको छ । तेहरानको एक अस्पतालमा पूर्व डिफेन्डर अलीको ४३ वर्षको उमेरमा मृत्यु भएको हो ।

कोरोनाको संक्रमण भएपछि उनि अस्पताल भर्ना भएका थिए । उनले इरानको राष्ट्रिय टिमबाट सन् १९९८ देखि २००७ सम्म खेलेका थिए ।फाजिर सेपासीबाट सन् १९९६ मा फुटबल करियर सुरु गरेका अली दुई वर्षपछि पेर्सेपोलिसमा आबद्द भएका थिए ।

गत साता मात्रै इरानकै पूर्व खेलाडी तथा प्रशिक्षक मेहर्दाद मिनाभन्डको कोरोनाको कारण निधन भएको थियो । सन् १९९८ को फिफा विश्वकपमा उनी इरानी टिममा रहेका थिए ।