२२ माघ, मोरङ । मोरङमा खेतमा कालो प्लास्टिकमा गाडेको १८५ राउण्ड गोली फेला परेकाे छ । जिल्लाकाे उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा १८५ राउण्ड गोली भेटिएको हाे ।
जमिनमुनि गाडेको अवस्थामा एसएलआर राइफलमा प्रयोग हुने ७.६२ एमएम गोली भेटिएको हो । स्थानीय दलबहादुर लिम्बूको घरनजिक खेतमा कालो प्लास्टिकमा गाडेको अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएकाे छ ।
स्थानीय ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा कालो रंगको प्लाष्टिकभित्र पोको पारेर माटो मुनि गाडेको अवस्थामा गोली भेटेका थिए । गोली द्वन्द्वका समयमा माओवादीका कार्यकर्ताले गाडेको हुनसक्ने प्रहरीले जनाएको छ ।












