बागमती प्रदेश लोकसेवाको विज्ञापनमा ९० हजार परीक्षार्थीले परीक्षा दिंदै

२१ माघ, हेटौंडा । बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले चौथो तह र पाँचौ तहका लागि कर्मचारी माग गरिएको विज्ञापनमा ९० हजार जनाले परीक्षा दिंदै छन् । बागमती प्रदेशका १३ जिल्ला र अरु प्रदेशबाट समेत परीक्षार्थीले परीक्षा दिनका लागि फर्म भरेका छन् ।

चौंथो तहको केहीको परीक्षा सकिएको छ भने केहीको परीक्षा हुँदै छ । चौंथो तहको परीक्षामा प्रवेसपत्र लिनका लागि हेटौंडाको प्रदेश लोकसेवा कार्यालयमा एक हप्ता दिन सम्म निकै भिड लागेको छ । कर्मचारी अभाबका कारण काम गर्न निकै कठिनाइ भएको प्रदेश लोकसेवा आयोगले जनाएको छ ।

प्रदेश लोकसेवा आयोगको हेटौंडा स्थीत कार्यालयमा ४९ जना कर्मचारीको दरवन्दीमा १२ जना मात्र कार्यरत रहेको र प्रदेश सरकारसंग कर्मचारी माग गर्दा पनि सुनुवाइ नभएको आयोगका पदाधिकारीहरु वताउँछन् । चौंथो र पाँचौ तहको परीक्षा सञ्चालन गर्नका लागि कर्मचारी अभाबकै कारण निकै कठिनाइ बेहोर्नु परेको छ ।

कर्मचारी अभाबकै कारण काम गर्न नभ्यार तोकिएको परिक्षा समेत सरेको छ । यही माघ २८ र २९ गतेका लागि तोकिएको अनमी र अहेबको परीक्षा फागुन १५ गते र १८ गतेका लागि सारीएको अध्यक्ष श्रेष्ठले वताउनुभयो ।

प्रदेश लोकसेवा आयोगले खोलेको विज्ञापनमा चौंथो तहमा मात्र समावेसी सहित ६२ हजार जनाले फर्म भरेका थिए । त्यस मध्यमा ४० हजार जनाले परिक्षा दिंदैछन् । पाँचौ तहमा ५० हजार जनाले फम भरेर परीक्षा दिंदैछन् । प्रदेशबाट पहिलोपटक विज्ञापन गर्दा धेरैले परीक्षाका लागि फम भरेको र परिक्षा दिनका लागि हेटौंडा सम्म आउनुपर्दा समस्या समेत बेहोर्नु परेको छ ।

चौथो तहको परिक्षामा अनलाइन सिस्टम नहुँदा प्रवेसपत्र लोकसेवा आयोगको कार्यालयमै आउनुपर्दा धेरैले समस्या बेहोर्नु परेको छ । हेटौंडामा कोठा नपाउने, पाइहाले पनि होटलवालाले महगोमा दिनेलगाएतका कारणबाट विद्यार्थीले समस्या बेहोर्नु परेको छ ।

लोकसेवा आयोगको परिक्षा अत्यन्तै संबेदनसिल मानिन्छ । तर, पनि कर्मचारी अभाबका कारण परिक्षा सञ्चालन गर्न र त्यस भन्दा अघीका काम गर्न समस्या भएको अध्यक्ष श्रेष्ठले वताउनुभयो ।

[sidebar name="button post"]