सप्तरीबाट ४१ किलो गाँजा बरामद

२१ माघ, सप्तरी । सप्तरीको सशस्त्र प्रहरीले परालको थुप्रोभित्र लुकाएर राखिएको ४१ किलो गाँजा बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडानम्बर १ सकरदहीमा परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको हो ।

सशस्त्र प्रहरीका अनुसार सार्वजनिक जग्गामा राखिएको परालको थुप्रोभित्र लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको बताए ।