सिनामंगलबाट तास खेलिरहेका १२ जना पक्राउ

२१ माघ, काठमाडौं । नेपाल प्रहरीले सिनामंगलबाट १२ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । प्रहरीले तास खेलिरहेकै अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश घिमिरे लगायत १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २८ हजार १ सय १० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

[sidebar name="button post"]