२० माघ, दमौली । खोप अभियानअन्तर्गत गण्डकी प्रदेशमा लक्ष्यको ८०।४४ प्रतिशतले कोभिड खोप लगाएका छन् । कूल लक्ष्य १७ हजार ३९६ जना रहेकामा यस अवधिमा १३ हजार ९९४ ले खोप लगाएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार कास्कीमा पाँच हजार २१९, गोरखामा एक हजार २०, नवलपुरमा ८३७, पर्वतमा ९९९, बागलुङमा एक हजार ८३, मनाङमा १५०, मुस्ताङमा १९६, म्याग्दीमा ५८६, लमजुङमा एक हजार २६८, स्याङ्जामा एक हजार ४७३ जनाले खोप लगाएका छन् ।












