१८ माघ, काठमाडौं । बाँकेमा कैलालीका कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । जिल्लाको भेरी अस्पतालमा कैलालीको जोशीपुरका ८३ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान ११ः३७ बजे मृत्यु भएको हो ।
उनीमा माघ ७ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै आइसोलेसनको आईसीयू कक्षमा राखेर रोगको प्रकृति अनुसार उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।












