१६ माघ, ललितपुर । ललितपुरबाट तास खेलिरहेको अवस्थामा ६ जना जुवाडे पक्राउ परेका छन् । ललितपुर महानगरपालिका-२६ सिमाखुस्थित खोटाङ मजुवागढी घर भई हाल सोही ठाउँ बस्ने ४० वर्षीया शर्मिला राईको टहरामा तास खेलिरहेका अवस्थामा राई लगायत ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ४२ हजार ८ सय ७० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
[sidebar name="button post"]











