१३ माघ, काठमाडौं । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एकजना ट्रक चालक पक्राउ परेका छन् । काठमाडौंको नयाँ बसपार्कमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने रामेछापको खिम्ती गाउँपालिकाका टेकबहादुर थापामगर पक्राउ परेका हुन् ।
नियम विपरीत सामान लोड गरी ल्याएको पाइएपछि बा २ ख ८०६५ नम्बरको ट्रक चालक थापामगरलाई सवारी तथा यातायात व्यवस्था ऐनअन्तर्गत कारबाही गर्न खोज्दा उनले घुस दिन खोजेका प्रहरीले जनाएको छ ।
[sidebar name="button post"]











