Ad #144479

१२ माघ, जुम्ला । कर्णाली प्रदेशका लागि कोरोनाविरुद्धको ११ हजार ७८० मात्रा खोप आइपुगेको छ । मागका आधारमा सो मात्रा प्रदेशमा आइपुगेको हो ।खोप कार्यान्वयनमा सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्यसम्बद्ध निकायबीचको समन्वयमा खोप पठाइएको हो ।

अहिले खोप कर्णाली प्रदेशको नेपालगञ्जमा रहेको मेडिकल स्टोरमा राखिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा निर्देशनालयका चिकित्सक रबिन खड्काका अनुसार प्रदेशका खोप आइपुगेको छ ।

“मंगलबारदेखि कर्णालीका १० जिल्लामा पठाइने तयारी गरिएको छ”, उनले भने । जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईका अनुसार जिल्लामा तीन हजार मात्रा खोप मंगलबार आइपुग्ने छ । आइपुगेको एक÷दुई दिनमा खोप लगाउने तयारी गरिएको उनले बताए ।