११ माघ, कीर्तिपुर। राजनीतिक रुपमा सचेत कीर्तिपुर, नगाउँका कवि राम महर्जनद्वारा लिखित नेपाली भाषामा लृखिएका कविताहरूको सङ्ग्रह ‘चित्कार’ विमोचन गरिएको छ।
नेपाली भाषाका चर्चित आधुनिक कवि, जरामा जीवन खोज्ने कलाकार तथा बागमती सरसफाई अभियानका अभियन्ता नरेन्द्र बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काठमाडौँ क्षेत्र नम्बर १० क क्षेत्रबाट बागमती प्रदेशमा प्रतिनिधित्व गर्नुहुने सभासद पुकार महर्जन, नेपालभाषाका लोककवि राजभाई जकःमि, साहित्यकार तथा पत्रकार नजरराम महर्जन, वरिष्ठ पत्रकार कुमार रञ्जित, कवि राजेन्द्र महर्जन ‘पुता’ लगायतले संयुक्त रुपमा विमोचन गर्नुभएको हो।
वर्तमान राजनीतिक अस्तव्यस्तताप्रति कटु प्रहार गरिएका प्रगतिशील कविताहरूको विमोचित सङ्ग्रहमा कविले जनतालाई सही नेतृत्व चयन गरेर भ्रष्टहरूलाई दण्डित गर्न आह्वान गर्नुभएको छ।
[sidebar name="button post"]









