११ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा ११ वर्षीया एक बालिका बलात्कृत भएकी छन् । वीरगञ्ज-१ छपकैयामा बालिका बलात्कृत भएकी हुन् ।प्रहरीले बलात्कारमा संलग्न रहेको आरोपमा भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ ।
मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्तीकरणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ । बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजीत कुँवरका अनुसार घटनापछि फरार मियाँलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरिसके छ ।
बालिकाका बुवा र नेहाल साथी हुन् । कोठा खोज्न आएका उनी साथीको घरमा पाहुना भएर बसेका थिए । सोही क्रममा शनिबार बिहान बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।
[sidebar name="button post"]











