१० माघ, सल्यान । नेपाल प्रहरीले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ८४ वर्षीय वुद्धलाई पक्राउ गरेको छ । बालिका बलात्कार कसुरमा दोषी ठहर भएका कपुरकोट गाउँपालिका गाडापानीका ८४ वर्षीय जीतलाल बोहरालाई प्रहरीले चार वर्षपछि पक्राउ गरेको हाे ।
प्रहरीले लुकिछिपी बसिरहेको अवस्थामा कपुरकोट गाउँपालिका– ७ बाट उनलाई पक्राउ गरेको हो । २०७३ माघ ७ गते बालिकामाथि बलात्कार गरेको कसुरमा सल्यान जिल्ला अदालतले बोहोरालाई ८ वर्ष कैद सजाय फैसला गरेको थियो ।
जिल्ला अदालतले २०७३ फागुन १५ गते १ लाख ८ हजार धरौटीमा छोडे पनि अन्तिम फैसला गर्दा जेल सजाय तोकेको थियो । त्यसपछि उनी फरार थिए । उनलाई अदालतमा बुझाएर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।
[sidebar name="button post"]











