प्रचण्ड–माधव समूह निर्वाचन प्रक्रिया रोक्न आयोग
नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ ‘प्रचण्ड–माधव समूह’ का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । प्रचण्ड–माधव समूह निर्वाचन प्रक्रिया रोक्न आयोग पुगेको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध हस्ताक्षर अभियान सुरु
प्रतिनिधिसभा विघटनविरुद्ध संविधानसभा सदस्यहरुको हस्ताक्षर अभियान सुरु भएको छ । बहुमत प्राप्त प्रधानमन्त्रीले यसरी प्रतिनिधिसभा विघटन गर्ने संविधान निर्माणकर्ताहरुको विधायकी मनसाय नभएकाले हस्ताक्षर संकलन सुरु गरिएको छ ।
प्रधानमन्त्री ओलीबाट पृथ्वीनारायणप्रति श्रद्धाञ्जलि
प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंँ पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्नुभएको छ ।
नेपालमा पछिल्लो २४ घण्टा यता कति संक्रमित र कति कोरोनामुक्त ?
नेपालमा पछिल्लो २४ घण्टामा थप ४८८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ।
विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा भेटिए
प्रहरीले विभिन्न जिल्लामा गरेर ६ जनालाई मृत अवस्थामा फेला पारेको छ । तनहुँ प्रहरीका अनुसार आबुखैरेनी गाउँपालिका-२ नारीघाटस्थित धनराज गुरुङको जीर्ण अवस्थामा रहेको घरमा बिगत ७ वर्षदेखि बस्दै आएका निरौला नाम बताउने करिब ५५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
तीस बिगाहाकाे गाँजा खेती फडानी गरी नष्ट
प्रहरीले तीस बिगाहा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेकाे छ ।राक्सिराङ गाउँपालिका-१ स्थित गाल्छाराङ, दुंगु, ज्यामिरे र विरालिटारका ३० बिगाहा जग्गामा अवैध रुपमा लगाएको अवैध लागूऔषध गाँजा खेती आइतबार प्रहरीले नष्ट गरेको हाे ।
काठमाडौं उपत्यकामा साँझ परेपछि प्रदूषणको जोखिम बढी
काठमाडौंमा साँझ परेपछि प्रदूषणको जोखिम बढी हुने एक तथ्यांकले देखाएको छ । ३ जनवरी अर्थात् पौष १९ गते आइतबारसम्म ललितपुरको भैंसेपाटी स्टेसनले मापन गरेको वायुमा प्रदूषणको मात्रा सामान्य अवस्थामा रहेकाे थियाे ।
उपभोक्ता ठग्ने ८० फार्मलाई जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले खरीद बिलबिजक नराख्ने, गुणस्तरहीन सामान बेच्ने तथा मूल्यसूची नराखी उपभोक्ता ठग्ने ८० फार्मलाई जरिवाना गरीे रु १९ लाख ८३ हजार असुली गरेको छ ।
आज कति थपिए काठमाडौँ उपत्यकामा कोरोना संक्रमित ?
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना कोरोना संक्रमित थपिएका छन्।
चन्द्रागिरीबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
प्रहरीले स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट स्रोत नखुलेको नगद ३७ लाख रुपैयाँ, ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आइएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेक सहित चितवन माडी नगरपालिका-६ बस्ने २६ वर्षीय राम कुमार गुरुङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।
सुरक्षा कारबाहीमा २३ आतङ्ककारी मारिए
अफगानिस्तानको दक्षिण भागमा पर्ने दुई ओटा प्रान्तमा अफगान सुरक्षा अधिकारीहरुले आइतबार जारी गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २३ तालिाबान लडाकू मारिएका सैनिक स्रोतले सोमबार बिहान जानकारी दिएको छ । यस कारबाहीमा परी अन्य १३ लडाकू घाइते भएका पनि उक्त स्रोतले जनाएको छ ।
जोखिमका कारण रोकिएको मेला महोत्सव सञ्चालन गर्न माग
टीकापुर उद्योग वाणिज्य सङ्घले कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको मेला महोत्सव सञ्चालन गर्न माग गरेको छ । विशेषगरी उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने महोत्सव तथा व्यापार मेला सञ्चालनका लागि सरकारसँग आवश्यक समन्वय भइरहेको उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष रामबहादुर भण्डारीले जानकारी दिनुभएको छ ।
यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटमा ३१ हल गोरु जुधाइने
स वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।
सर्वोच्चमा विचाराधीन रहेका विषयमा बोल्नु गलत : नेता भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताउनुभएको छ ।
लाइसेन्स वितरणलाई थप पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालक अनुमतिपत्र ‘लाइसेन्स’को वितरणको प्रक्रियालाई थप पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
डब्ल्यूएचओकाे वैज्ञानिकहरुको टोली चीन जाने
चीनले आगामी बिहीबार डब्ल्यूएचओका वैज्ञानिकहरुको टोली आइपुग्ने बताएको छ । सोमबार चीनको नेशनल हेल्थ कमिसनले कोरोना भाइरस ‘कोभिड-१९’ को उत्पत्तिबारे अनुसन्धानको लागि आउन लागेको टोली बिहीबार चीन आइपुग्ने बताएको हो ।
भारतमा शनिबारदेखि कोरोना खोप प्रदान गर्ने, सुरुमा ३० करोडलाई खोप दिइने
भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ ।
३० बढी कलाकारले अभिनय गरेको राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक
देशका चर्चित ३० कलाकारको अभिनय रहेको राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक भएको छ । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।
ऊर्जामन्त्रीद्वारा जलविद्युत् आयोजनाको स्थलगत अवलोकन तथा निरीक्षण
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको आज स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।
कोराना खोप खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने : स्वास्थ्यमन्त्री त्रिपाठी
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोराना भाइरसविरुद्धको खोप ल्याउन सरकारले सम्पूर्ण तयारी गरिसकेको जानकारी दिएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठीले सम्बन्धित देशका सरकार र सम्बन्धित निकायसँग समन्वय गरेर खोप ल्याउन पहल गरिरहेको बताएका हुन् ।
राप्रपा अध्यक्ष राणा भन्छन्, सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबायाे !
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताएका छन् । सोमबार पृथ्वी नारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा श्रध्दाञ्जली दिन जुलुससहित सिंहदरबार पश्चिमगेटस्थित शाहको शालिकमा पुगेका विभिन्न संघसंस्थाका व्यक्तिहरू र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले लाठिचार्ज गरेपछि प्रतिक्रिया दिदैँ अध्यक्ष राणाले सरकारले अन्यायपूर्ण र गलत काम गरेको बताए ।
लकडाउनमा रोवटद्वारा विवाहको प्रस्ताव
इङ्गल्याण्डस्थित एक (एप) अनुप्रयोग निर्माताले डेलीवरी रोवटको माध्यमबाट आफ्नो प्रेमिकालाइ विवाहको प्रस्ताव गरेका छन्। वेन होगन नाम गरेका व्यक्तिले प्राय किरानाको सामान डेलिभरी गर्ने रोवटको मद्धतले शेरी नाम गरेकी प्रेमिकालाई प्रस्ताव गरेका छन्। यो जोडिले नयाँ प्रविधि लाई ज्यादा मन पराउँछन्।












