२७ पुष, चितवन । कोराना कहरका कारण बन्द कैदीबन्दी भेटघाट शुरु गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञासँगै गत चैत ७ गतेदेखि बन्द भेटघाटलाई यही पुस २६ गते देखि खोलिएको कार्यालयका प्रमुख काफ्लेले जानकारी दिनुभयो ।
कैदीबन्दी भेट्नका लागि बिहान १०ः३० बजेदेखि साँझ अपराह्न ४ः०० बजेसम्मका लागि समय छुट्याइएको उहाँले जानकारी दिनुभयो । भेटघाटमा आउनेले अनिवार्य मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम गरिनुपर्नेलगायत सावधानी अपनाउनुपर्ने छ ।












