आजको तपाईंको राशिफल
आज मिति वि.सं. २०७७ साल पौष २७ गते । सोमबार । इ.स.२०२१ जनवरी ११ तारिक । नेपाल संवत् ११४१ । पौष कृष्णपक्ष । आज काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेटमा,सूर्यास्त १७ बजेर २५ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :
सरकारी तथा प्रशासनिक काममा कमजोर उपश्थिती रहने छ। सरकारी ओहोदामा रहेकाहरुले समयमा काम गर्नेहरुले महत्वपूर्ण अवसरहरु गुम्नेछन् । परिवारजनको असहयोगले नयाँ योजनाहरु थाती रहनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रमा अली बढी समय खर्चिय सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ । घरेलु कामहरुको चापले गर्दा बाहिरी क्षेत्रमा सामेल हुन नसकिने ग्रहयोग रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :
समयमा काम नबन्नाले दुख पाईनेछ। आर्थिक संकटको सामना झेल्नु पर्नेछ । दिदि बहिनीसँग मनमुटाब बढ्ने तथा टाढिने समय रहेको छ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । गोप्य सुचना तथा घर परिवारका कुराहरु बाहिर जाने हुनाले पारिवारिक कलह हुन सक्छ ध्यान दिनुहोला । बिहानको समय राम्रो रहेकोले पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैंतिर ल्याउन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :
अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । व्यापार ब्यबसायबाट नाँफा कमाउन सकिने छ। दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशि भएको महशुस गर्नेछन् । राज्यपक्षबाट पद पाईने ग्रहयोग रहेको छ भने समाजको पक्षमा काम गर्न सक्दा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :
व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिसँग प्रतिस्पर्धा गर्नु परेपनि अन्तत तपाईंकै पक्षमा नतिजा आउदा मन खुशि हुनेछ । पढन पाढनमा अली मन नजाँदा गृहकार्य समयमा सकाउन मुस्किल पर्नेछ । रमाईलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा बिश्वास बढेर जाने तथा बिबाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउँन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :
सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साँघुरिने छन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :
अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढी नै मेहनेत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारणसँग सन्तुलित व्यबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुशि हुनेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :
नयाँ काम गरी मनग्गे धन तथा सम्पति जोड्न सकिने छ। उद्योग,व्यापार व्यावसाय फस्टाएर जाने छ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बीच एक अर्कालाई बिश्वास गर्दै अगाडी बढ्न सकिनेछ । आँट,पराक्रम गर्न नडाराई अगाडी बढ्ने हो भने चाहेको गन्तब्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलका बीच पनि राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :
स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैंया पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा परिवारबाट अप्रीय तथा दुखद समाचार सुनिने हुँदा मनमा खिन्नता पैदा हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रश्तुतिमा भाग लिदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । बिहानको समय राम्रो रहेकोले व्यापारमा बृद्धि हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :
राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृड हुनेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ भने जीवन साथिको सहयोगले राम्र काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :
कामको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । काम गर्दा बिशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरु टाढिने छन् । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । तरपनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ। विदेशमा बसेर श्रम गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । बिहानको समयमा व्यापारमा वृद्धि हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :
विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ। बिभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममूखी काम गर्न सकिनेछ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पती लाभ हुने गतिलो सम्भावना रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :
पुराना समस्याहरु समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन्।आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिने तथा पहुँच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ । नोकरी तथा व्यवसायिक क्षेत्रमा देखिएका चुनौतिहरुलाई चिर्दै गन्तव्यमा पुग्न सकिनेछ । पुराना कामहरु सम्पन्न हुने तथा राम्रो कमाई हुने हुँदा थप लगानी बढाउन सकिनेछ । प्रेम सम्बन्धहरुलाई विवाहमा परिणत गरी घर गृहस्थी सुचारु गर्ने समय रहेकोछ ।
राशिफलमा जे जस्तो भनेपनि तपाईंको आजको दिन शुभ रहोस् ।











