प्राविधिक क्षेत्रमा महिलाले विश्वास दिलाउन निक्कै गाह्रो : नेपाली चलचित्रकी पहिलो महिला सम्पादक रक्षा

  • 418
  •  
  •  
  •  
  •  
  •  
  •  
    418
    Shares

समिता श्रेष्ठ

रक्षा सिंह राणा नेपाली चलचित्र क्षेत्रकी प्रथम महिला सम्पादक हुनुहुन्छ । उहाँ अहिले चलचित्र निर्देशक समाजको अध्यक्ष हुनुहुन्छ । उहाँले चलचित्र निर्माण, निर्देशन र सम्पादन विधामा काम गरिसक्नुभएको छ ।

चलचित्रलाई रोचक र उत्कृष्ट बनाउन निर्देशक र सम्पादकको भूमिका महत्वपूर्ण छ । उहाँ चलचित्रको प्राविधिक क्षेत्रमा काम गर्न चाहने महिलाहरुका लागि प्रेरणाको स्रोत पनि हुनुहुन्छ ।

जन्म/परिवार

रक्षा सिंह राणाको जन्म २०३६ साल भदौ २४ गते काठमाण्डौको लाजिम्पाटमा भएको हो । उहाँ सयुक्त परिवारमा बस्नुहुन्छ । उहाँको परिवारमा ससुरा, जेठाजु ,जेठानीहरु, श्रीमान् र छोरीहरु गरी ११ जना हुनुहुन्छ । सिंहले भानुभक्त मेमोरियल स्कुलबाट माध्यमिक र पद्मकन्या क्याम्पसबाट स्नातक तह पुरा गर्नुभएको छ । उहाँ अङ्ग्रेजी र मनोबिज्ञानमा अब्बल हुनुहुन्छ ।

उहाँको बाल्यकाल सामान्य नै बित्यो । घुम्ने, किताब पढ्ने, गितहरु सुन्ने उहाँको रुची छ । तर स्कुलमा कम्प्यूटर बिषयमा अध्ययन गरेपछि कम्प्यूटरमा नै रुची बढ्न थाल्यो । उहाँ कम्प्यूटरमा रुची भएकै कारण आज प्राबिधिक विधामा अब्बल हुनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘२०५७/५८ तिर आईए पढ्दै गर्दा प्राइम बोर्डकास्टिङले डिजिटल प्रबिधिमा सम्पादन सेटअप भित्रायो ।

त्यति बेला कम्प्यूटरमा रुची भएका कारण सम्पादन गर्न सकिन्छ भनेर संचार क्षेत्रमा आएको हो । त्यति बेला अहिलेको जस्तो सानो कम्प्यूटर होईन एकदमै ठुलो एउटा कोठाभरी सेटअप हुन्थ्यो ।’

सम्पादन र निर्देशनको यात्रा

सुरुका वर्षहरुमा सिंहले टेलिसिरियल, म्युजिक भिडियोको सम्पादन गर्नुभयो । त्यसपछि २०५९ देखि ठुलो पर्दाको चलचित्रहरु सम्पादन गर्न थाल्नुभयो । त्यति बेला कोहि पनि महिला सम्पादक थिएन । उहाँले सबभन्दा सुरुमा सम्पादन गरेको चलचित्र ‘इज्जत’ हो । जसमा दयाराम दाहालले निर्देशन गर्नुभएको थियो ।

राणाले अहिलेसम्म ३/४ दर्जन नै फिल्मको सम्पादन गरिसक्नुभएको छ । ‘फिल्मको सम्पादन गर्ने क्रममा धेरै नाम चलेका निर्देशकहरुसँग काम गर्ने मौका पाए ।’ उहाँ भन्नुहुन्छ,‘त्यसबाट सिक्दै बुझ्दै आफैले पनि फिल्म निमार्ण र निर्देशन गरेको छु । मैले निर्माण र निर्देशन गरेको ठुलो पर्दाको चलचित्र ‘द गेम हो’ भने सानो टेलिफिल्म धेरै नै निर्देशन गरिसकेको छु ।’

उहाँको आफ्नै एभिस स्टुडियो प्रोडक्सन हाउस पनि छ । त्यसबाट सर्ट मुभी र डकुमेन्ट्रीको काम गर्नुहुन्छ । ‘यो क्षेत्रमा आउँछु भनेर सोचेको पनि थिइन । डिजिटल सम्पादन नभएको भए आउँदिन थिए होला तर डिजिटल सम्पादन चै कम्प्युटरबाट गर्ने भएकोले आएको हो । काम गर्दै जाँदा सम्पादनमा पनि रुचि हुँदै गयो । फिल्म क्षेत्रमा रुचि बढ्दै गयो र अहिलेसम्म यो क्षेत्रमा नै छु ।’

संघर्षका दिनहरू

सम्पादकीय काम भनेको प्राबिधिक कार्य भएको कारण महिलाको लागि होईन भने सोंच त्यतिबेला धेरै नै थियो । अहिले पनि हाम्रो समाज पितृसत्तात्मक सोंचकै उपज छ । प्राबिधिक क्षेत्रमा महिला आउँदा विश्वास दिलाउनै गाह्रो छ । ‘प्राविधिक काम मध्ये सम्पादन, निर्देशन, फोटोग्राफीमा केटी मान्छेलाई त्यति बेला पत्याउँदैन थिए । त्यसैले मलाई पनि ममा क्षमता छ, म गर्नु सक्छु भनेर विश्वास दिलाउन गाह्रो थियो ।’

उहाँ भन्नुहुन्छ,‘धेरै जनाले केटी मान्छे भएकै कारणले मलाई पत्याउनु पनि भएन । सुरु सुरुमा दिनको १७/१८ घण्टा काम गर्ने गर्थे ।’ कति जना निर्देशकहरुले केटा सम्पादक ल्याउ नत्र गर्दिन भनेर पनि भन्नुभयो । अनि कति जनाले गर्नुपर्छ भनेर प्रेरणा पनि दिनुभयो । त्यति बेलाको समयमा केटी सम्पादक कोहि पनि थिएनन् । म नै पहिलो महिला चलचित्र सम्पादक थिए ।

यो क्षेत्रमा आउँदा आफ्नो क्षमतालाई पुष्टि गर्नको लागि संघर्ष धेरै गरे । यसमा धेरै जनाले प्रोत्साहन गर्नुभयो भने कोहि कोहिले निरुत्साहित पनि गर्नुभयो । अहिले पनि फिल्ममा केटी सम्पादकको संख्या निकै कम छ । एउटा केटी भएर प्राविधिक क्षेत्रमा काम गर्न सक्दैन भने धारणा अझै पनि छ ।’

प्रेरणाको स्रोत

चलचित्र क्षेत्रमा आउनुको मुख्य कारण डिजिटल सिस्टम भएर कम्प्युटरमा काम गर्नको लागि हो । ‘यो क्षेत्रमा लाग्न मलाई प्रोत्साहन गर्नुहुने सम्पुर्ण अग्रजहरु र घर परिवार नै प्रेरणाको स्रोत हो ।’सिंह भन्नुहुन्छ,‘उहाँहरुले गर्दा नै मैले यो क्षेत्रलाई नजिकबाट बुझ्दै, सिक्दै र गर्दै आइरहेको छु । कहिलेकाहीँ आफैं हतोत्साहित हुँदा हरेक क्षेत्रमा यस्तो हुन्छ भनेर मनलाई सम्झाउने बुझाउने गर्छु ।’ चलचित्र निर्देशक समाजको अध्यक्ष भएपनि उहाँको मुख्य पृष्ठभुमि सम्पादक हो । उहाँले सम्पादन गर्दै ,निर्देशन र निर्माताको रुपमा काम गर्नुभयो ।

यो क्षेत्रमा लगावको आवश्यक

यो क्षेत्रमा अरु क्षेत्रमा जस्तो १० देखि ५ बजेको काम भन्ने हुँदैन । जुनसुकै बेला दिनरात नभनी काम गर्नुपर्छ । कुनै चाडपर्व, बिदा हुँदैन । त्यसैले यो क्षेत्रमा लाग्न चाहने नयाँ पुस्तालाई यो क्षेत्रमा लगान छ भने मात्रै आउन उहाँको आग्रह छ । त्यसको साथसाथै आफ्नो कामप्रति इमानदारी, लगनशीलता र अध्ययनको आवश्यकता पर्दछ । आफुले गरेको कामप्रति समाजले नकारात्मक कुरा भन्यो भन्दैमा छोड्ने गर्नु हुदैन । कामप्रति समर्पित भएर लगनशीलता पुर्वक लाग्नुपर्छ । अध्ययन पनि अनिवार्य छ ।

‘अहिले निर्देशक समाजको अध्यक्ष भएका कारण यस प्रतिको जिम्मेवारी धेरै नै छ । म संग २ बर्षको अबधि छ र यो समयमा मलाई जस्ले भोट दिएर जिताउनु भएको छ । उहाँहरु प्रतिको मेरो जिम्मेवारी निर्वाह गर्नुलाई नै यो २ वर्ष दिन्छु । आफ्नो ब्यक्तिगत कामहरू बाहेक यहि निर्देशक समाजलाई अगाडि कसरी बढाउने तर्फ नै लागिरहेको छु । यसको लागि मैले बनाएको पहिलो योजना कोरोनाको कारणले सबै भताभुङ्ग भयो ।

कोरोनाको कारणले ८/९ महिना जतिको समयमा आफुले बनाएको योजनाहरु लागू गर्न सकिएन । यसको लागि सबैभन्दा पहिला निर्देशन समाजमा आबद्ध हुनुभएका निर्देशकहरुको भबिष्य सुरक्षित गर्नको लागि गर्ने सक्ने कुराहरुमा काम गर्नेछु । अहिलेको लागि नभए पनि भबिष्यको लागि चाहिने हेल्थको लागि जीवन सन्चालन गर्नको लागि जिवन बीमाको काम गर्दैछु । ‘मेरो जिवनको २० वर्ष भैसक्यो यहि पेशामा आवद्ध भएर काम गरेको त्यसैकारण मेरो लागि त फेरि सबै काम नै यहि क्षेत्र नै हो ।

फिल्म उत्पादन, निर्देशन र सम्पादन नै मेरो अहिलेसम्मको जीवन चलाउने स्रोत हो । यो क्षेत्रमा व्यवसायिक रुपमा लागेर जीवन निर्वाह गर्न गाह्रो छैन । यो पेशामा लागेर आफुले इमानदारीता पुर्वक र लगनशील भएर काम गर्यो भने आफ्नै दैनिकी चलाउन त्यति गाह्रो हुँदैन ।’ उहाँ भन्नुहुन्छ,‘काम गरेको धेरै बर्ष भैसक्दा पनि प्राविधिक क्षेत्रमा महिलाहरुको सहभागिता कम भएको देख्दा खल्लो लाग्छ ।

रुचि नभएर होकि समाज र घरपरिवारको कारणले हो त्यो थाहा छैन । तर रुचि छ भने यो क्षेत्र राम्रो नै छ । बाहिर हल्लाको पछि लाग्नु भन्दा पनि आफुमा रुचि, कामप्रति लगनशीलता र गर्न सक्ने आत्मविश्वास छ भने यो प्राविधिक क्षेत्रमा आउनु भन्न चाहन्छु ।’


  • 418
  •  
  •  
  •  
  •  
  •  
  •  
    418
    Shares