जानी राखौंः हरियो धनियाँ खानुका फाइदै फाइदा

काठमाडौं । हरियो धनिया सुगन्धयुक्त हुने भएकाले यसले खानाको स्वाद बढाउँछ । अरुचिको समस्या भएकाहरूले चटनी अथवा तरकारीमा हरियो धनिया मिसाएर खाँदा राम्रो हुन्छ । यसले भान्सलाई सुगन्धित मात्र बनाउने होइन यसबाट अन्य धेरै खालका फाइदा पनि छन् ।

धनियाँका फाइदाहरु:

  • हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ ।
  • हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
  • पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ ।
  • धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ ।
  • तपाईलाई रुघाखोकीबाट ग्रसित हुनुहुन्छ भने धनियाँको रसमा मिश्री, बेसार र चूर्ण मिसाएर पिउनुहोस् ।
  • धनियाँको दाना चबाउँदा पनि चिसो लागेको र रुघाखोकीका लागि राम्रो हुन्छ ।
  • पेटमा जुका, चुर्ना जस्ता केही संक्रमण छन् भने सख्खरमा धनियाँको पाउडर मिसाएर सेवन गर्नुहोस्।
[sidebar name="button post"]